अन्तर्राष्ट्रिय

अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छः ट्रम्प

Banner

वाशिङ्टन,असार ५ –

इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति ट्रम्पले सबै कुरा अनिश्चित रहेको बताएका छन्। अमेरिकी सञ्चार माध्यम सिबिसीले उल्लेख गरे अनुसार ट्रम्पले सो निर्णयको अनुमोदन गराइ सकेका छन्। तथापि उनले अन्तिम घोषणा भने गरेका छैनन्।

ट्रम्पले यो निर्णय पास गराइसकेको विषय सुरुमा वाल स्ट्रिट जनरलले प्रकाशित गरेको थियो। ‘म गर्न पनि सक्छु नगर्न पनि सक्छु। यो कसैलाई थाहा छैन, मैले आक्रमण सुरु गरेँ भने इरान बाध्य भएर वार्तामा आउने छ,’ उनले बुधबार भनेका छन्। विश्वको ध्यान त्यहाँ केन्द्रित हुँदासमेत इरान र इजराय युद्ध जारी छ। दुई देशले बुधबार राति पनि एक अर्कामाथि आक्रमण गरेका छन्।

इरानसहित रुस, पाकिस्तान, अल्जेरिया र चीनले जारी युद्धका विषयमा कुरा गर्ने प्रस्ताव राखेका कारण अमेरिकाले शुक्रबार सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएका छन्। केही समय अघि मात्र ट्रम्पले सुरक्षा निकायका अधिकारीसँग बैठक बोलाएका थिए। सो विषय अत्यन्त संवेदनशील रहेको बताइएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>