देश/प्रदेश
रवि लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
०

जनकपुरधाम, कात्तिक २९-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गर्नुभएको छ ।
छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आउनुभएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गर्नुभएको हो ।
आजै उहाँले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना गर्नुभएको रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले राससलाई जानकारी दिनुभयो ।
सभापति लामिछाने आज अपराह्न यहाँस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम पनि सहभागी हुनुहुने उहाँले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























