Breaking News

चितवनबाट भ्रमणमा गएका एक विद्यार्थी पिसाब फेर्न जाने क्रममा मुग्लिन-आँबुखैरेनी सडकखण्डको भिरबाट खसेर बेपत्ता

पोखराबाट चितवन फर्किने क्रममा बसबाट ओर्लिएर शौच गर्न सडक छेउमा गएका १५ वर्षीय अङ्कित गुरुङ करिब ५०–६० मिटर तल भिरबाट खसेर बेपत्ता

०
Banner

दमौली (तनहुँ), मंसिर १२ –

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी १५ वर्षीय अङ्कित गुरुङ रहेका छन् । उनी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

आज साँझ करिब ६ः१० बजे पोखराबाट चितवनतर्फ फर्किँदै गरेको ना ४ ख ५२८५ नम्बरको बसमा सवार गुरुङ सौच गर्न सडक छेउमा जाने क्रममा भिरबाट खसेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उनी करिब ५० देखि ६० मिटर तल खसेर बेपत्ता भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरी टोलीले तत्काल खोज तथा उद्धार कार्य सुरु गरेको छ । थप खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>