देश/प्रदेश

ताप्लेजुङ बार एसोसिएसनले ८१ लाख लागतमा बनायो तीनतले भवन

०
Banner

ताप्लेजुङ , मंसिर १२ –

कानुन व्यवसायीहरुको संस्था नेपाल बार एसोसिएन ताप्लेजुङले विभिन्न दाताहरुबाट सहयोग संकलन गरेर आफ्नै भवन निर्माण सम्पन्न गरेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सहयोगी दाताहरुबाट रकम संकलन गरेर ८१ लाख रुपैयाँमा तीन तले भवन निर्माण गरेको हो ।

नव निर्मित भवन शनिबार औपचारिक उद्धघाटन गरिएको छ । नवनिर्मित भवनको नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा।डा।विजयप्रसाद मिश्रले उद्घाटन गरेका हुन् ।

ताप्लेजुङका कानुन व्यवसायीले संस्थागत गतिविधि सञ्चालनका लागि आफ्नै पूर्वाधार पाएका छन् । भवनले कानुन व्यवसायीबीच नियमित छलफल, बैठक, पेशागत अन्तरक्रिया तथा कानुनी सहायता र सचेतना सम्बन्धि गतिविधि सञ्चालन गर्न सहज हुने नेपाल बार एसोसिएसन ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले बताए ।

एसोसिएसन ताप्लेजुङले जिल्ला अदालत परिसरभित्र भवन निर्माण २०८१ साल भदौमा थालेको थियो । भवन निर्माणपछि कानुन व्यवसायीको पेशागत हकहित संरक्षण गर्नुका साथै स्वतन्त्र न्यायपालिका, मानवअधिकार, कानुनी शासन र नागरिकको न्यायमा पहुँचका विषयमा आवाज उठाउन सहज हुने प्रा।डा।विजयप्रसाद मिश्रले बताए ।

भवन निर्माणको लागि काठमाडौं, साथै जिल्लाका विभिन्न संघसंस्था, साथै विभिन्न क्षेत्रबाट रकम संकलन गरि भवन निर्माण सम्पन्न भएको बार एसोसिएन ताप्लेजुङका सचिव सन्तोष प्रसाईले जानकारी दिए । तीन तले भवन निर्माणको लागि ८१ लाख रुपैयाँ खर्च भएको बार एसोसिएन ताप्लेजुङका कोषाध्यक्ष भेषराज पौडेलले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>