Breaking News

कोरोना अस्पतालमा मृत्यु भएका युवकको यस्तो थियो लक्षण

१
Banner

चितवन, चैत ११–

चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका युवामा दिर्घकालिन रोगहरु समेत रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को आशंकामा केहीदिनदेखि आइसोलेसनमा राखिएका वीरगंज महानगरपालिका–२२ जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादवका आज ९ः३० बजे मृत्यु भएको जनाएको छ । कोरोना विशेष अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीका अनुसार सोमबार दिउँसोबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि अस्पतालकै सघन कक्ष (आइसियु) मा सारिएको थियो । समस्या बढ्दै गएपछि आज विहान बिहान ९ः३० बजे मृत घोषणा गरिएको डा.अधिकारीले बताए ।

ती युवामा लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण देखिएको थियो । सोही उपचारका लागि चितवन मेडिकल कलेज पुगेका उनलाई तत्कालै कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनी चैत ९ गतेराती कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गरी १० गते नै काठमाडौं पठाईएको छ । उनको रिपोर्ट आउन बाँकी भएकाले सुरक्षितसाथ रिपोर्ट नआउन्जेल आइसोलेसनमा राखिने डा.अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>