Breaking News

कोरोना अस्पतालमा मृत्यु भएका युवकको यस्तो थियो लक्षण

Banner

चितवन, चैत ११–

चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका युवामा दिर्घकालिन रोगहरु समेत रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को आशंकामा केहीदिनदेखि आइसोलेसनमा राखिएका वीरगंज महानगरपालिका–२२ जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादवका आज ९ः३० बजे मृत्यु भएको जनाएको छ । कोरोना विशेष अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीका अनुसार सोमबार दिउँसोबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि अस्पतालकै सघन कक्ष (आइसियु) मा सारिएको थियो । समस्या बढ्दै गएपछि आज विहान बिहान ९ः३० बजे मृत घोषणा गरिएको डा.अधिकारीले बताए ।

ती युवामा लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण देखिएको थियो । सोही उपचारका लागि चितवन मेडिकल कलेज पुगेका उनलाई तत्कालै कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनी चैत ९ गतेराती कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गरी १० गते नै काठमाडौं पठाईएको छ । उनको रिपोर्ट आउन बाँकी भएकाले सुरक्षितसाथ रिपोर्ट नआउन्जेल आइसोलेसनमा राखिने डा.अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>