चितवन विशेष
चितवनमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु
०

चितवन, मंसिर १-
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार (आज) दिउँसो करिब ३ः२२ बजे काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि एक्कासि सडक माथिबाट ढुङ्गा खसेको थियो ।
ढुङ्गाले लाग्दा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गंगाराम महर्जन गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले दिउँसो ४ः४९ बजे मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























