Breaking News
चितवनमा थप एक जना कोरोना संक्रमितका मृत्यु
१
चितवन,असार १३-
चितवनमा आज (शनिवार) थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ७ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो । उनि फोक्सोको क्यान्सरका विरामी थिए ।
हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेशन वार्ड बाट आइसियूमा सारिएको थियो । उनको आज विहान ७ बजे मृत्यु भएको भरतपुर अस्पताल काभिड १९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिए ।
चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>