Breaking News

सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँले घट्यो

०
Banner

काठमाडौँ, कात्तिक २८ –

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि शुक्रबार एकैपटक मूल्य समायोजन गर्दा सुनको भाउमा ठूलो गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनअनुसार महासंघले मूल्य समायोजन गरेको जनाएको छ ।

महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ तोकिएको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला तीन हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर तीन हजार ७०० रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>