चितवन विशेष

चितवनका व्यवसायी दम्पती सवार कार सिन्धुलीमा दुर्घटनाः श्रीमतीको मृत्यु,श्रीमान घाइते

०
Banner

चितवन,कात्तिक ३०-

चितवनका एक व्यवसायी दम्पती सवार कार सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि रत्ननगर नगरपालिका ३ निवासी अन्दाजी वर्ष ४४ कि निशम रिजालको मृत्यु भएको हो। दुर्घटनमा कार चालक पुरुषोत्तम रिजाल मध्यम घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते निशमको उपचारको क्रममा बेलुका ६ः१० बजे चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी बिजय श्रेष्ठले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । घाइते पुरुषोत्तमको पनि चितवन मेडिकल कलेजमा नै उपचार भइरहेको छ ।

कारमा सवार दम्पती रत्ननगर नगरपालिका वडा नम्बर ३ मा रहेको एक दालमोट उद्योगका संचालन हुन। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ तिनकुनास्थित मदनभण्डारी लोकमार्गमा बाग्मती प्रदेश–०१–०१८च ७७४१ नम्बरको कार आज दिउसो १ः५० मा दुर्घटना भएको प्रहरीले जनाएको छ । सिन्धुलीबाट चितवनतर्फ आउँदै गरेको उक्त कार आफैँ अनियन्त्रित भई सडकका भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>