चितवन विशेष

भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

०
Banner

चितवन,कात्तिक २५-

चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु भएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना राना मगरलाई फलामको रड प्रहार गरी कुटपिट गर्दा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ः३० बजे घरायसी विवादका क्रममा सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरेका थिए । डेरा कोठामै कुटपिटबाट उनको मृत्यु भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले सुमनलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>