Breaking News
सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
०

काठमाडौं, मंसिर ३ –
नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख २० हजार ८५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ८५९ रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























