मकवानपुर
भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु सात जना घाइते
०

हेटौँडा, मंसिर ३ –
मकवानपुरको भैँसे नजिकै आज बिहान सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
रौतहटको चपुरबाट काठमाडौँतर्फ गइरहेको ना १ ज २१४३ नम्बरको सुमो भैँसे नजिकै सुन्दरीमाई मोडमा दुर्घटना हुँदा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा र सोही नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबहादुर खत्रीले राससलाई जानकारी दिनुभयो । अन्य एक मृतकको परिचय खुलेको छैन ।
दुर्घटनाग्रस्त सुमोमा चालकसहित १० जना सवार थिए । घाइते सात जनालाई हेटौँडा अस्पताल पु¥याइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























