चितवन विशेष

बाढी प्रभावित रसुवा बेतिनीका विद्यार्थीलाई न्यानो कपडा वितरण

०
Banner

चितवन, मङ्सिर ८-

भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा, स्टेसनरी र खेलकुद सामग्री वितरण गरिएको छ ।
चितवन भरतपुरका व्यवसायी एवं समाजसेवी विनोद ढकालको सक्रियतामा बाढीप्रभावित ८५ जना छात्रछात्रालाई कपडा, स्टेसनरी र खेलकुदका सामग्री बितरण गरिएको हो । भोटेकोशीसहित त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका जनताको उद्धार तथा राहत वितरणमा समेत खटिएका समाजसेवी ढकालले स्थानीय बाढी प्रभावित जनताको आग्रहमा उक्त विद्यालयका छात्रछात्रालाई सहयोग स्वरुप अत्यवश्यक सामग्री प्रदान गरेको बताउनुभयो ।

समाजका अति विपन्न, दीनदुस्खी, असहाय वर्गलाई सहयोग गर्न पाउँदा खुसी मिल्ने बताउँदै उहाँले भन्नुभयो, “बाढी प्रभावित जनताको राहत उद्धारमा खटिदा दुस्ख बुझेको छु, स्थानीय जनताबाट अनुरोध भइ आएकाले केही सहयोग गरौँ भन्ने भावनासहित रसुवा पुगी अत्यावश्यक सामग्री वितरण गरेर आएँ । ”उहाँले यही सोमबार रसुवामा सहयोग वितरण गरी आज चितवनमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै यसअघि दसैँमा चितवन–कालिका नगरपालिकाको चेपाङ्वस्ती र भरतपुरका विपन्न बस्तीमा खाद्यान्न वितरण गरेको जानाकारी दिनुभयो ।

यसैगरी, चितवन माडीका अतिविपन्न पाँच परिवारलाई आयआर्जनका लागि बाख्राका पाठा वितरण गरेको युवा समाजसेवी ढकालले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>