अर्थ
सुन र चाँदी दुवैको मूल्य बढ्यो
०

काठमाडौं, मंसिर ८ –
नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर दुई लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। सोमबार तीन हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार १४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























