समाचार

यातायात कार्यालय बुटवलबाट सात बिचौलिया पक्राउ

०
Banner

बुटवल,मंसिर ८-

रुपन्देही प्रहरीले बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको काम गरिरहेको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दकाअनुसार मंगलबार दिउँसो बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४२ वर्षीय हेमप्रसाद भण्डारी, बुटवल उपमहानगरपालिका–१३ का ४३ वर्षीय लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुषाल, बुटवल–८ का ५४ वर्षीय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका–२ का ३१ वर्षीय विजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका–१ का ५३ वर्षीय प्रेमधोज श्रेष्ठ रहेका छन् ।

उनीहरूले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो गराइदिने भन्दै प्रभावमा पारेर तोकिएको शुल्कभन्दा बढी रकम लिने तथा अनावश्यक दुःख दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रुपन्देही प्रहरीले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिने र ठगी गर्ने बिचौलियाहरूलाई निगरानी गरी पक्राउ गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>