Breaking News
साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन जना घाइते
०

काठमाडौँ, मंसिर १० –
साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना नेपाली घाइते भएका छन् ।
परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने अन्य दुई जनाको उपचार भइरहेको छ ।
मन्त्रालयले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
मन्त्रालयले कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुनेमा जोड दिएको छ ।
नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गर्दै विवाद तथा द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आह्वानसमेत गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























