Breaking News

भोलिदेखि नागढुंगा –मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

०
Banner

चितवन, मंसिर ४-

नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार भोलिदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सो सडक खण्डमा सवारी आवागमन बन्द गरिनेछ ।
नागढुंगा–मुग्लिन सडक खण्डको घुोप्टेभीरमा लगातार पहिरो गई सवारी आवागमन प्रभावित भएकाले यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद शर्माले जानकारी दिए । बन्द अवधिमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य गरिने भएकाले सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको हो । यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिकाअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न र सडक बन्द हुने समयमा यस खण्डमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>