चितवन विशेष
चितवनमा जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी पक्राउ
०

चितवन, मंसिर ४-
जेन्जि आन्दोलनका क्रममा चितवन जिल्ला कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीले चितवन राष्ट्रिय निकुञ्जको सहकार्यमा फरार कैदीलाई हिजो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–९ निवासी २९ वर्षीय गिराज प्रजा रहेका छन् । प्रहरीका अनुसार प्रजा कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट २० वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् ।
उनी कैद भुक्तान गरिरहेको अवस्थामा २०८२ असोज २४ गते जेन्जी आन्दोलनका क्रममा चितवन जिल्ला कारागारबाट भागेर फरार भएका थिए । लामो समयदेखि फरार रहेका प्रजालाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि चितवन जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























