चितवन विशेष

चितवनमा फल्स बटम बनाएर ल्याइएको ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

०
Banner

चितवन, मंसिर ४ –

चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टबाट ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

मिति २०८३ मंसिर ४ गते बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको भारतीय कन्टेनर ट्रक जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो।

NL 0107792 नम्बरको कन्टेनरको चालक सिट पछाडिको क्याबिनमा फल्स बटम (नक्कली तह) बनाई लुकाइछिपाइ ल्याइएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजासहित कन्टेनर चालक भारतको वैशाली जिल्ला, चर्खाजे निवासी २४ वर्षीय सत्यम कुमार र सहचालक भारतकै वैशाली जिल्ला, बाबन घाट निवासी २० वर्षीय रौनक कुमारलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर बरामद लागुऔषध गाँजा तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>