राजनीति
स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल शुरु

काठमाडौं, मंसिर ४ –
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल शुरु गरेको छ ।
शुक्रवार आयोगमा आयोजित छलफलमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, प्रतिपक्ष दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी भएका छन् । छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी छन् । त्यस्तै, रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईलगायतका नेताहरूको पनि सहभागिता रहेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले राजनीतिक दलहरूसँग परामर्श थालेको हो । छलफलमा निर्वाचनको तयारी, व्यवस्थापन तथा दलहरूको सुझावका विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ ।
























