राजनीति

जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह

०
Banner

काठमाडौं, मंसिर ४ –

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले जनकपुरधाम र भारतको अयोध्याबीच रेल तथा हवाई सेवा सञ्चालनलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री बालेन्द्र साहलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री साहको आसन्न भारत भ्रमणको सन्दर्भमा शुक्रवार जनकपुरधाममा धारणा राख्दै निधिले जनकपुर–अयोध्या धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायात सेवामार्फत थप विस्तार गर्नुपर्ने बताउनुभएको हो । उहाँले जनकपुरस्थित जानकी मन्दिर र अयोध्याबीच धार्मिक सम्बन्ध ऐतिहासिक रहेकाले दुई धार्मिक सहरलाई रेल सेवामार्फत जोड्नु महत्वपूर्ण हुने बताउनु भयो । जनकपुर–अयोध्या रेल सेवा नियमित सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ठोस पहल हुनुपर्ने उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>