राजनीति

जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल

०
Banner

काठमाडौं, मंसिर ४ –

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न अभियान शुरु भइसकेको बताउनुभएको छ ।

जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उहाँले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण र व्यवस्थापन गरिने बताउनुभएको हो । यसका लागि बजेटमा कुनै कन्जुसी नगरिएको उल्लेख गर्दै उहाँले जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको दाबी गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा जनकपुरधामको सहरलाई सुन्दर र व्यवस्थित बनाउने योजनालाई प्राथमिकता दिइएको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>