राजनीति

प्रधानमन्त्री साहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

०
Banner

काठमाडौं, मंसिर ४ –

मन्त्रिपरिषद्बाट प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण स्वीकृत गरेको छ । शुुक्रवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अगामी आईतवार हुने प्रधानमन्त्री साहको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सनाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बैठकले उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको समेत जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>