Breaking News
भीम रावलको आरोप – ‘बालेन्द्र साह पनि सत्ताको लागि भारतसँग लम्पसार परे’
०

काठमाडौं, मंसिर १० –
नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीमबहादुर रावलले वर्तमान प्रधानमन्त्री बालेन्द्र साह भारतसँग लम्पसार परेको आरोप लगाउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बालेन्द्र साह पनि पुरानाहरुजस्तै सत्ताको लागि भारतसँग लम्पसार परेको आरोप लगाउनुभएको हो । उहाँले भारतको ‘पीएम गतिशक्ति’ कार्यक्रमलाई नेपालको विकास तथा पूर्वाधार योजनासँग जोड्ने विषय आपत्तिजनक भएको पनि बताउनु भयो । नेपालको विकासको खाका नेपालकै आवश्यकता, संविधान र राष्ट्रिय हितअनुसार तय हुनुपर्ने उहाँको भनाई छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>
























