देश/प्रदेश

बाजुरामा बाघको आक्रमणबाट दुई महिला घाइते

०
Banner

बाजुरा, मंसिर १०-

बाजुरामा बाघको आक्रमणमा परेर दुई महिला घाइते भएका छन् । जिल्लाको बुढीगङ्गा नगरपालिका–१० सिगाडा बस्ने अन्दाजी ५५ वर्षीय खन्टी साउद र अन्दाजी ३५ वर्षीय वसु साउद घाइते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता गगनसिंह भाटकाअनुसार आज बिहान ९ः०० बजे स्थानीय घोडा धपाउनेस्थित घाँसे मेलामा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको हो । उहाँका अनुसार बाघको आक्रमणबाट दुवैको हात र खुट्टामा चोट लागेको छ । अवस्था सामान्य रहेको छ ।

बाघको आक्रमणपश्चात् प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी घाइते दुवै जनालाई उपचारका लागि अछामस्थित बयलपाटा प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>