अन्तर्राष्ट्रिय

चितवनदेखि अस्ट्रेलियाको मूलधारको राजनीतिसम्म शंकर धरेल, बहुसांस्कृतिक समाजको प्रतिनिधित्व गर्ने यात्रामा

०
Banner

मेलबर्न (अस्ट्रेलिया),कात्तिक २९-

प्रदीप तिमल्सिना

नेपालको चितवनमा जन्मिएका शंकर धरेल अस्ट्रेलियाको भिक्टोरिया राज्यको राजनीतिमा प्रवेशका लागि चुनावी मैदानमा उत्रिएका छन्। आगामी नोभेम्बर २८ मा हुने राज्य निर्वाचनमा उनी लिबरल पार्टीका तर्फबाट नर्दर्न मेट्रोपोलिटन क्षेत्रबाट माथिल्लो सदन (लेजिस्लेटिभ काउन्सिल) का उम्मेदवार बनेका हुन्।

पेसाले कानुन व्यवसायी रहेका धरेलको उम्मेदवारीलाई नेपाली समुदायले मात्र नभई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा विभिन्न पृष्ठभूमिबाट आएका नागरिकको सार्वजनिक जीवन र राजनीतिक सहभागिताको सन्दर्भमा पनि महत्त्वपूर्ण रूपमा हेरेका छन्। नेपाल न्युज बैंकसँग कुराकानी गर्दै धरेलका शुभचिन्तक वासु ढकालले उनलाई अस्ट्रेलियाको मूलधारको राजनीतिमा भूमिका निर्वाह गर्न सक्ने क्षमतावान् उम्मेदवारका रूपमा चित्रण गरेका छन्।

ढकालका अनुसार धरेल अस्ट्रेलियाको बहुसांस्कृतिक समाजको भावना बुझ्ने र विभिन्न समुदायका आवाजलाई राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रतिनिधित्व गर्न सक्ने उम्मेदवार हुन्।
अस्ट्रेलिया बहुसांस्कृतिक पहिचान भएको देश हो। यहाँ विभिन्न देशबाट आएका नागरिकले व्यवसाय, शिक्षा, स्वास्थ्य, कानुन, विज्ञान, कला र सार्वजनिक सेवामार्फत देशको विकासमा योगदान दिँदै आएका छन्। यस्तो अवस्थामा राज्य र संघीय राजनीतिमा पनि विविध समुदायको सहभागिता बढ्नु बहुसांस्कृतिक लोकतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ।

धरेलको उम्मेदवारीले नेपाली मूलका नागरिकको राजनीतिक सहभागिताको विषयलाई पनि चर्चामा ल्याएको छ। चितवनमा जन्मिएर अस्ट्रेलियाको राजनीतिक प्रतिस्पर्धासम्म पुगेका धरेलको यात्रालाई शुभेच्छुकहरूले नयाँ पुस्ताका आप्रवासीका लागि प्रेरणाको रूपमा लिएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>