देश/प्रदेश

ग्यास चुहिएर आगो लाग्दा घाइते भएकी महिलाको उपचार क्रममा मृत्यु

०
Banner

विराटनगर, कात्तिक २९-

मोरङको रतुवामाईमा ग्यास चुहिएर भएको आगलागीमा जलेर गम्भीर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ।

रतुवामाई नगरपालिका–९ भौडा टोलकी भट्टराईको कीर्तिपुरस्थित बर्न अस्पतालमा आइतबार बिहान २ः४५ बजे मृत्यु भएको हो।

उनलाई गम्भीर अवस्थामा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो। गत कात्तिक २४ गते लोकनाथ भट्टराईको घरको भान्छामा ग्यास चुहिएर आगलागी हुँदा सुरक्षा जलेर घाइते भएकी थिइन्।

सुरुमा उनलाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। आगलागीबाट भान्छामा रहेका सामानसहित घरका विभिन्न सामग्री जलेर नष्ट हुँदा करिब १ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>