अर्थ

साताको पहिलो दिन सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घट्यो

०
Banner

काठमाडौं ,कात्तिक २९-

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम थियो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो ।

आइतबार चाँदी प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>