अर्थ

भरतपुरमा खुल्यो डिडिसीको बिक्री कक्ष, थपिँदै १० बिक्री कक्ष

०
Banner

चितवन, कात्तिक २२-

भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डीडीसी)को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष कमलबहादुर मल्लले संयुक्त रूपमा बिक्री कक्षको शुभारम्भ गरेका हुन्।

बिक्री कक्षमा संस्थानका उत्पादन मात्रै बिक्री हुनेछन् । दूध, दही, घिउ, पनिर, चिजलगायत २० परिकार उपलब्ध रहेको प्रसिद्ध दुग्धजन्य पदार्थ तथा जनरल स्टोर्सका सञ्चालक प्रदीप पण्डितले बताए । नागरिकको सुविधा र गुणस्तरलाई ध्यानमा राखेर बिक्री कक्ष सञ्चालन गरिएको उनले बताए ।

संस्थान सरकारको पूर्ण स्वामित्वमा रहेको सार्वजनिक संस्थान हो । यसले ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी विभिन्न दुग्धजन्य उत्पादन तयार पार्छ र सहरी क्षेत्रका उपभोक्तालाई आपूर्ति गर्दछ ।

संस्थानका महाप्रबन्धक पाण्डेले चितवनका विभिन्न क्षेत्रमा संस्थानका उत्पादन मात्रै बिक्री गर्ने १० वटा बिक्री कक्ष तीन महिनाभित्र सञ्चालनमा ल्याउने बताए ।

जिल्लाको भरतपुर, सौराहा, रत्ननगर, पश्चिम चितवन र माडीमा बिक्री कक्ष सञ्चालनमा ल्याइने उनले जानकारी दिए । डीडीसीका उत्पादन मात्रै बिक्री हुने यस्ता कक्ष देशभरमा हालसम्म ३५ वटा छन् ।

हाल काठमाडौंको बालाजु, हेटौँडा, विराटनगर, बुटवल, नेपालगञ्ज र धनगढीमा संस्थानका दुग्ध प्रशोधन उद्योग छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>