Breaking News

चितवनमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ, १ लाख ११ हजारभन्दा बढी नगद बरामद

०
Banner

चितनव, कार्तिक १८

चितवनमा प्रहरीले दुई दिनको अवधिमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ११ हजार ९ सय ८५ रुपैयाँ र १२ बुक तास बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलवार खैरहनी नगरपालिका–८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नगद ७७ हजार ९ सय ९५ रुपैयाँ र १० बुक ताससहित नियन्त्रणमा लिएको हो।

गए राति करिब १ बजे भरतपुर महानगरपालिका–१६ स्थित नवीन चोकबाट थप ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद ३३ हजार ९ सय ९० रुपैयाँ र २ बुक ताससहित नियन्त्रणमा लिएको हो।प्रहरीले दुवै घटनामा पक्राउ परेका १३ जनामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>