चितवन विशेष

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

०
Banner

चितवन, कात्तिक २२-

ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

कार्यक्रमअन्तर्गत कात्तिक १७ गते (नोभेम्बर ३) कावासोती शाखाको परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । त्यसैगरी कावासोती–८ स्थित श्री मौलाकालिका अपाङ्ग सेवा संस्थालाई खाद्यान्न तथा भाँडाकुँडालगायतका विभिन्न घरायसी सामग्री सहयोग गरिएको थियो ।

त्यस्तै, कात्तिक १९ गते (नोभेम्बर ५) नारायणगढ शाखाले भरतपुर–७, टाइगर चोकस्थित सानो घर सुनौलो पल बालगृहमा सहयोग गर्नुका साथै त्यहाँ रहेका बालबालिकासँग आत्मीय समय बिताएको थियो । यसैगरी कात्तिक २० गते (नोभेम्बर ६) पर्सा शाखाको परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सोही दिन इच्छाकामना गाउँपालिका–७, दाहाखानीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, खेतबारीमा विशेष सामाजिक सेवा कार्यक्रम सञ्चालन गरिएको थियो ।

नारायणगढ, पर्सा र कावासोती तीनवटै शाखाको सहभागितामा आयोजित उक्त कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा (स्वेटर), शैक्षिक सामग्री तथा स्टेशनरी वितरण गरिएको थियो । साथै विद्यार्थी तथा अभिभावकलाई शिक्षा, स्वास्थ्य र व्यक्तिगत सरसफाइसम्बन्धी जनचेतनामूलक जानकारी प्रदान गर्नुका साथै स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

कार्यक्रममा तीनवटै शाखाका कर्मचारी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो । ग्रेस इन्टरनेशनल चितवन क्षेत्रका निर्देशक गणेश लामिछानेका अनुसार संस्थाले आफ्नो २०औँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा लिँदै समुदायमा सहयोग र सेवाका विभिन्न गतिविधि सञ्चालन गरेको हो ।

ग्रेस इन्टरनेशनलले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, युके, क्यानडा, युएसए, न्यूजिल्याण्ड लगायतका देशहरुमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श, आइइएलटिएस र पिटिई कक्षा सञ्चालन र भिसा प्रोशेसिङ्गमा सहयोग गर्दै आइरहेको छ ।

ग्रेस इन्टरनेशनलले अष्ट्रेलिया, न्यूजिल्याण्ड, भारत, फिलिपिन्स, केन्या लगायत १० भन्दा बढी देशहरूबाट आफ्ना सेवाहरू सञ्चालन गर्दै आएको छ । यो संस्था विद्यार्थी तथा अभिभावकहरूका लागि भरपर्दो एवम् विश्वसनीय शैक्षिक परामर्श संस्थाका रूपमा परिचित छ ।

ग्रेस इन्टरनेशनलले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न यस्तै सामाजिक कामहरु गर्दै आइरहेको छ । यसैअन्तर्गत वर्षेनी वार्षिकोत्सवको अवसरमा भने सप्ताहव्यापीरुपमै सामाजिक कार्यक्रम गर्ने गरेको छ । कात्तिक २७ गते ९नोभेम्बर १३० ग्रेस इन्टरनेशनलको वार्षिकोत्सव हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>