चितवन विशेष

निर्माण उद्योग परिषद्को तेस्रो साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

०
Banner

भरतपुर, कात्तिक २२-

नेपाल निर्माण उद्योग परिषद्, जिल्ला कमिटी चितवनको तेस्रो साधारणसभा तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।

संगठनका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछानेको अध्यक्षतामा तथा परिषद्का केन्द्रीय अध्यक्ष वलिभद्र रानाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा (एमाले) चितवनका जिल्ला अध्यक्ष कमलराज पाठक, परिषद्का केन्द्रीय सल्लाहकार रामराज पौडेल, केन्द्रीय सदस्यहरु दिनेशचन्द्र न्यौपाने, होमकुमार शर्मा, राजुकुमार सडौला, रोजिना भट्टराई, वागमति प्रदेश उपाध्यक्ष शिव ढकाल, सदस्य ईन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा निर्माण व्यवसायी संघ चितवनको भर्खर सम्पन्न १७औँ अधिवेशनवाट महासचिवमा निर्वाचित शिव ढकाल, सचिवमा निर्वाचित ठानेश्वर कँडेल, कोषाध्यक्षमा निर्वाचित रोजिना भट्टराई र सदस्यहरुमा निर्वाचित निरन्जन न्यौपाने र विष्णु दाहाललाई सम्मान समेत गरेको छ।

त्यस्तै अग्रज व्यवसायीहरु मणिभद्र पण्डित, डिल्लिराम तिवारी, राजेन्द्र सडौला, वलराम वगाले, वावुराम अधिकारी, रामकृष्ण कोईराला, टीका पाठक, नरेश अधिकारी लगायतलाई समेत सम्मान गरेको छ।

चुनावी मैदानमा संगठनले अघि बढ्न गरेको अनुरोधलाई स्विकार गरेर पनि विजय प्राप्त गर्न नसकेका सदस्यहरुलाई शुभभाव र थप चुनावी समीक्षा र योजना बनाउँदै अघि बढ्न हौसला प्रदान गरिएको थियो भने चुनावी समीक्षा सहितको उक्त कार्यक्रममा उपस्थित व्यवसायीहरुले आआफ्नो धारणा राखेका थिए।

साधारणसभाले आगामी रणनिति सहित कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि रानाले भावी दिनमा संगठन बलियो र शशक्त हुनेगरि योजना बनाएर लाग्न निर्देशन दिए । वक्ताहरु कमलराज पाठक र रामराज पौडेलले भावी दिनमा पार्टी र संगठनको मुलमर्म र भावना एकीकृत गर्दै अघि बढ्न सुझाव र शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम संगठनका महासचिव शंकर अधिकारीले सञ्चालन गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>