देश/प्रदेश

हेलम्बुको उत्पादन काठमाडौं भित्रियोः पहिलो पटक ‘कृषि एम्बुलेन्स’ मार्फत ३०० किलो सयपत्री बजारमा

०
Banner

काठमाडौं, कात्तिक २२ –

तिहार पर्वलाई लक्षित गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट करिव तीन सय किलोग्राम सयपत्री फूलसहित विभिन्न मौसमी कृषि उपजहरू संघीय राजधानी काठमाडौं भित्र्याइएको छ ।

गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरण गर्न सञ्चालनमा ल्याएको ‘कृषि एम्बुलेन्स’ सेवामार्फत किसानले उत्पादन गरेका फूल तथा फलफूल सहज रूपमा राजधानीको बजारसम्म पुगेका हुन् । काठमाडौं उपत्यकासँग भौगोलिक रूपमा नजिक रहे पनि उपयुक्त ढुवानी तथा बजारीकरणको अभावमा हेलम्बुका उत्पादनहरूले विगतमा सहज पहुँच पाउन सकेका थिएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>