राजनीति

आन्दोलनले कसैको हित गर्दैन, संवाद नै समाधानको उत्तम विकल्प हो : सभामुख अर्याल

०
Banner

मकवानपुर,कात्तिक २९-

प्रतिनिधिसभाका सभामुख सम्माननीय डोलप्रसाद (डीपी) अर्यालले आन्दोलनभन्दा संवाद, छलफल र सहकार्यमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ।

छठ पर्व मनाउन पर्सा जाने क्रममा मकवानपुरमा स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसँगको भेटघाट र छलफलका क्रममा सभामुख अर्यालले आन्दोलनबाट कुनै पनि पक्षको हित नहुने उल्लेख गर्दै संवाद र छलफल नै समस्याको दीर्घकालीन समाधानको प्रभावकारी माध्यम भएको बताउनुभयो।

उहाँले हालै भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा भएका विपद्का घटनाले मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै यस्तो संवेदनशील परिस्थितिमा थप आन्दोलन गर्नु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो।

सभामुख अर्यालले स्थानीय जनताको आवश्यकता, माग र भावनालाई सम्बोधन गर्ने गरी कानुन निर्माण गरिने बताउँदै त्यसका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गरिने स्पष्ट पार्नुभयो।

स्थानीय जनप्रतिनिधि तथा नागरिकसँगको भेटघाट र छलफलपछि सभामुख अर्यालले हेटौंडास्थित सहिद स्मारकको अवलोकनसमेत गर्नुभएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>