अर्थ
सुनचाँदीको मूल्यमा उतारचढाव कायमै, आज सुन महँगिँदा चाँदीको भाउ घट्यो

काठमाडौँ,कात्तिक १७-
आज सुनको भाउ बढ्दा चाँदीको भने घटेको छ।
सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेर २ लाख ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७४ हजार ३ सय पुगेको थियो।आइतबार सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो भने त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।
यही कात्तिक ८ गते भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो। सुनचाँदीको भाउमा विगत केही समययता निरन्तर उतारचढाव हुँदै आएको छ। त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ। चाँदीको भाउ आज तोलामा ४५ रुपैयाँ घटेर ३ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ७० रुपैयाँ बढेर ३ हजार ७ सय २० रुपैयाँ पुगेको थियो।
गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

























