अर्थ
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
०

काठमाडौं ,कात्तिक १०-
मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । दुवै कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएकाले आजसम्म शेयरधनी कायम हुने लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, बरुण हाइड्रोपावरले ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
दुवै कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएका छन् । बरुण हाइड्रोपावरले बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसमेत सभामा लैजाँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























