Breaking News

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

०
Banner

चितवन, कात्तिक १० –

‘टी–२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तरराष्ट्रिय शतकसमेत हानेका इङ्गल्याण्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन् ।

एनपिएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्स मध्याह्न आमनेसामने हुँदैछन् । चितवन राइनोजले आज आक्रमक तथा स्थिर ब्याटिङका लागि सुरपरिचत मलानलाई पुनः टोलीमा आबद्ध गरेको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिनुभयो । अन्तरराष्ट्रिय क्रिकेटमा अनुभवी ब्याटरका रूपमा परिचित मलानले गत संस्करणको एनपिएलमा पनि चितवन राइनोजबाट खेलेका थिए ।

इङ्गल्याण्डले सन् २०२२ मा ‘टि –२०’ विश्वकप हात पार्दा मलान महत्त्वपूर्ण सदस्य थिए । उनीे बायाँहाते ब्याटर र लेगब्रेक बलर हुन् ।

आजसम्म टेष्ट म्याचमा मलानको एक हजार ७४ रन रहेको छ र टेष्ट म्याचमा उच्चतम स्कोर १४० रहेको छ । यस्तै एकदिवसीयमा ३० खेल खेल्दै एक हजार ४५० रन पूरा गरेका छन् भने उनको एकदिवसीय खेलमा उच्च स्कोर १४० रहेको छ ।

त्यस्तै मलानले टि–२० मा ६२ खेल खेल्दै एक हजार ८९२ रन बनाएका छन् । उनको टि–२० को उच्चतम स्कोर १०३ रहेको छ । उनी आइसिसीको टी–२० अन्तरराष्ट्रिय वरियतामा शीर्ष स्थानमा पुगिसकेका खेलाडी हुन् ।

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणममा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा सातौँ बनेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>