धादिङ

सुकुम्बासी र महँगीमा सरकार चुकेको कांग्रेस महामन्त्री पौडेलको आरोप

०
Banner

धादिङ,मंसिर १० –

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापनमा सरकार असफल भएको बताएका छन् ।

सुकुम्बासी समस्यालाई सरकारले नै सुरु गरेर अलपत्र छाडेको र अलपत्र अवस्थामा रहेको सुकुम्बासीको समस्या स्थायी समाधानका लागि ठोस योजना नल्याइएको बताए ।

‘सुकुम्बासीहरूको स्थायी व्यवस्थापनका निम्ति सरकारले ठोस कार्यक्रम, योजना, नीति ल्याउन सकेको छैन,’ उले भने ‘सुकुम्बासीहरू अलपत्र स्थितिमा रहेको अवस्था छ । ‘प्रचारका लागि केही काम देखिए पनि वास्तविक सुकुम्बासी बिचल्लीमा परेको छ । यो सरकारले नै सुरु गरेर अलपत्र छाडेको विषय हो’ महामन्त्री पौडेलले सरकारको ध्यानाकर्षण गराए ।

धादिङमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री पौडेलले बढ्दो मूल्यवृद्धि, बाढीपछिको पुनर्निर्माण तथा संसदीय भूमिकाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराए । ‘महँगीले जनजीवन अत्यन्तै कष्टकर भएको स्थिति छ,’ उनले भने, ‘एक बोरा चामलको जति मूल्य पथ्र्यो, अहिले त्यसको एक हजारभन्दा बढी मूल्य पर्ने स्थिति बनेको छ ।’

तरकारी र फलफूलसहित दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा पनि सरकार गम्भीर नबनेको आरोप लगाए । नयाँ गर्छु, जनतालाई सेवा पु¥याउँछु, सरकारको उपस्थितिको महसुस गराउँछु भन्ने सरकारले छोटो समयमा जति मूल्य वृद्धि भयो त्यसतर्फ ध्यान दिन नसकेको उनको टिप्पणी थियो ।

बाढीले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी आसपासका बासिन्दालाई पीडा दिएको तथा धादिङको सदरमुकाम जोड्ने महत्वपूर्ण पुल बाढीले बगाएको अवस्थामा अस्थायी र दीर्घकालीन पुल निर्माणको योजना ल्याउन ढिलाइ भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

–नेपालमा एचआईभी संक्रमणको पछिल्लो अवस्था कस्तो, एचआईभी संक्रमितको अनुमानित संख्या कति छ भन्ने विषयमा नियन्त्रण केन्द्रमा अन्तवार्ता

– एचआईभी संक्रमित व्यक्तिको स्टोरी

–संक्रमणको अवस्था र सरकारी योजनाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ,एचआईभी संक्रमण नियन्त्रणमा नेपालले कति प्रगति गर्यो ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>