प्रवास

सुडानमा ड्रोन आक्रमणबाट १९ सर्वसाधारणको मृत्यु, २० भन्दा बढी घाइते

०
Banner

काठमाडौं, मंसिर १० –

सुडानको दक्षिणपूर्वी ब्लु नाइल राज्यका दमाजिन र अल–रोसेरेस शहरमा भएका ड्रोन आक्रमणमा कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

प्रत्यक्षदर्शी र स्वयंसेवी समूहकाअनुसार मंगलवार बिहानदेखि शुरु भएका आक्रमण साँझसम्म जारी रहेका थिए । दमाजिनमा साँझको समयमा चारवटा ड्रोनले आवासीय क्षेत्रमा आक्रमण गर्दा धेरै हताहती भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्वयंसेवी मानव अधिकार समूह ‘इमर्जेन्सी लयर्स’ले मंगलवार साँझ दमाजिनका विभिन्न बस्तीमा भएको आक्रमणमा १९ जनाको मृत्यु र १५ जना घाइते भएको जनाएको छ । मृत्यु हुनेमा तीन परिवारका सदस्य तथा छ महिला रहेको समूहले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>