Breaking News
चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली
०

काठमाडौं, मंसिर ९ –
पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिसान अली चीनको अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’ पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्ने भएका छन् ।
चीनको ‘शेन्झाउ–२४’ अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट भएका अलीले चिनियाँ अन्तरिक्ष यात्रीहरूसँगै अन्तरिक्ष यात्रा गर्ने तयारी गरेका हुन् । चिनियाँ समकक्षीहरूसँग महिनौँसम्मको कठिन प्रशिक्षण पूरा गरेपछि अली ऐतिहासिक अन्तरिक्ष यात्राका लागि तयार भएका छन् । उनले आफू व्यक्तिगत रूपमा मात्र नभई पाकिस्तानको प्रतिनिधित्व गर्दै अन्तरिक्षमा जान लागेको बताएका छन् । ‘म आफ्ना लागि मात्र अन्तरिक्षमा उडिरहेको छैन । मेरो काँधमा पाकिस्तानको नाम र पहिचान छ,’ अलीले भनेका छन् । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























