Breaking News
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढ्यो
०

काठमाडौं, मंसिर १०-
नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ३ हजार ७५ रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य २ हजार ६३६ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























