समाचार
दशैका दिन मोटरसाइकल दुर्घटनामा परेर बाबुछोराको मृत्यु
०

अर्घाखाँची कात्तिक ५ –
अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उहाँका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो । छोराको नाम खुलिसकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























