Breaking News

काठमाडौंमा डिसेम्बर ४ देखि क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ प्रतियोगिता हुने

०
Banner

काठमाडौं, कात्तिक ५ –

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ प्रतियोगिता काठमाडौं, नेपालमा आयोजना गर्ने जनाएको छ।

उक्त प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ए र बी का शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ।

यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायरका लागि छनोट हुनेछन्।

यसैबीच नेपाल र भारत ‘ए’ बीचको शृङ्खला भने अनिश्चितकालका लागि सरेको छ। आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले(अफ प्रतियोगिता नेपालमा आयोजना हुने भएकाले डिसेम्बर ९, ११ र १३ मा नेपाल र भारत ‘ए’ बीच निर्धारित क्रिकेट शृङ्खलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)र नेपाल क्रिकेट संघ (क्यान)बीचको आपसी समन्वय तथा सहमतिमा तय गरी सार्वजनिक गरिने क्यानले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>