मकवानपुर

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

०
Banner

मकवानपुर, कात्तिक २-

मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार हेटौँडा उपमहानगरपालिका–१, सामरीस्थित हेटौँडा–भैँसे सडकखण्डमा आज अपराह्न करिब ४ः५० बजे हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल घाइते भएका चालक लामालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले साँझ ५ः१० बजे उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परेका बा.प्र.०१–०३२ च ०१४१ नम्बरको पिकअप र बा.४७ प ८४६१ नम्बरको मोटरसाइकल र पिकअप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>