चितवन विशेष

भरतपुर २३ मा दुई मोटरसाइकल ठोक्किँदा आगलागी,गम्भिर घाइते एकजनाको थप उपचारका लागि काठमाडौं पठाइयो

०
Banner

भरतपुर, कात्तिक ९-

चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनापछि एउटा मोटरसाइकलमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ करिब ६ बजे जगतपुरबाट पटिहानीतर्फ आउँदै गरेको बा.प्र. ०३–००३ प ००९४ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र.३–०३–००१ प २००० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा बा.प्र. ०३–००३ प ००९४ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलका चालक भरतपुर महानगरपालिका–१३ निवासी ४६ वर्षीय सागर पौडेलको दुवै हातखुट्टा र छातीमा गरी शरीरको करिब ३६ प्रतिशत भाग जलेको छ ।

घाइते पौडेललाई भरतपुर सरकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ । प्रहरीका अनुसार दुर्घटनाका बेला उनले मादक पदार्थ सेवन गरेको पाइएको छ । उनको अवस्था तत्काल बोल्न सक्ने मध्यम रहेको जनाइएको छ ।

त्यस्तै, अर्को मोटरसाइकलका चालक भरतपुर महानगरपालिका–२२ निवासी १९ वर्षीय निसम बराल सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>