अन्तर्राष्ट्रिय

राजधानी तेहरान खाली गर्न ट्रम्पको धम्की, शहर छाड्दै इरानी नागरिक

Banner

काठमाडौँ,असार ३-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान जारी संघर्षका बीच इरानको राजधानी तेहरान तत्काल खाली गर्न सुझाव दिएका छन् । उनले आफ्नो ट्रुथ सोसियलमा लेखेका छन्, ‘मैले जुन सम्झौताको कुरा गरेको थिए, त्यसमा इरानले हस्ताक्षर गर्नुपर्छ । तर इरानले मानेको छैन, यो निकै लज्जास्पद र मानव जीवनको बर्बादी हो ।’

आफूले बारम्बार इरानसँग परमाणु हतियार हुन नहुने बताइएरहेको र अब सबैले तेहरानलाई तत्काल खाली गर्नुपर्ने ट्रम्पले चेतावनी दिएका छन् । ट्रम्प जी सेभेन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन क्यानडा गएका थिए । तर उनी तत्कालै फर्किँदैछन् । मध्यपूर्वमा देखिएको अवस्थाका कारण आफू फर्किएको उनको भनाइ छ ।

यस्तै न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले इरानको फोर्डो परमाणु साइटमा आक्रमण गर्ने कि नगर्ने भन्ने विषयमा विचार गरिरहेका छन् ।

यो क्षेत्र जमिनको निकै तल सतहमा रहेको छ । यसलाई नष्ट गर्ने क्षमता केवल अमेरिकासँग मात्र छ । म्यासिभ अर्डनेन्स पेनेट्रेटरबाट मात्र यस्तो क्षेत्रमा आक्रमण गर्न सकिन्छ । यो बमलाई बी–२ बमवर्षकबाट खसालिन्छ । रिपोर्टअनुसार यदि अमेरिकाले यस क्षेत्रमा आक्रमण गरेमा सिधै इरानसँग अमेरिकाको पनि युद्ध मानिनेछ । यद्दपी यो समाचार एक विश्लेषणका रुपमा प्रकाशित गरिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>