अन्तर्राष्ट्रिय

इरानको सरकारी टेलिभिजन स्टुडियोमै इजरायली आक्रमण, लाइभ न्युजमै भयो हमला

Banner

काठमाडौं,असार २-

इरानको सरकारी टेलिभिजन स्टुडियोमै इजरायलले आक्रमण गरेको छ । इजरायलले तेहरानस्थित इरानी सरकारी टेलिभिजन, इस्लामिक रिपब्लिक अफ इरान ब्रॉडकास्टिङमा हवाई आक्रमण गरेको हो । लाइभ न्युज भइरहेको बेला उक्त आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । स्टुडियोमा प्रत्यक्ष प्रसारणको क्रममा धूलो र मलबा खस्दा न्युज एंकरलाई भने केही भएन । उनी डरले स्टुडियोबाट भागेकी थिइन् । अहिले हमलापछि टिभि च्यानलनको प्रत्यक्ष प्रशारण सुरु गरिएको बीबीसीले जनाएको छ ।

आक्रमणले इजरायल र इरानबीचको द्वन्द्वमा थप तनाव ल्याएको छ। इजरायलले १३ जुनमा इरानमा हवाई आक्रमण गरेको थियो, जसको जवाफमा इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ। अन्तर्राष्ट्रिय समुदायले यस द्वन्द्वको बढ्दो प्रभाव र सम्भावित क्षेत्रीय अस्थिरताका कारण चिन्ता व्यक्त गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>