अन्तर्राष्ट्रिय
इरानले हान्यो इजरायलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल
०

काठमाडौं,असार २-
इरानले इजरायलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ। गएराति इरानले उत्तरी इजरायलको हाइफा बे मा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको हो। इरानको हमलापछि तेल प्रशोधन केन्द्र रहेको उक्त क्षेत्रमा आगो लागेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।
इरानी हमलाबाट त्यस क्षेत्र आगोको लप्काले ढाकिएका भिडियो र फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। न्युयोर्क टाइम्सले तस्बिर र फोटो भेरिफाइ गरिएको बताएको छ। आगलागी भएपछि मानिसहरू त्यहाँ अड्किएका थिए। बिहान ढिलासम्म पनि उनीहरूको उद्धार र आगो नियन्त्रणमा इसराइली अधिकारीहरू खटिएका थिए। इरान र इजरायलले चार दिनदेखि एक/अर्कामाथि आक्रमण गरिरहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























