समाचार

निम्स दाइको हेलिकोप्टर बिक्री र स्वामित्व हस्तान्तरणमा अदालतको रोक

०
Banner

काठमाडौं, असोज २२

काठमाडौं जिल्ला अदालतले पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सँग सम्बन्धित कम्पनीको स्वामित्वमा रहेको हेलिकोप्टर बिक्री तथा स्वामित्व हस्तान्तरणमा रोक लगाएको छ।

पुर्जासँग सम्बन्धित मुस्ताङ हेलिकोप्टर प्रालिको स्वामित्वमा रहेको हेलिकोप्टरलाई अदालतले रोक्का राख्न आदेश दिएको हो। काठमाडौंको कपनमा विस्फोटका कारण घर ध्वस्त भएपछि घरधनी टंक घिसिङ र दलमु कित्तर घिसिङलाई अदालतले तोकेको क्षतिपूर्ति नतिरेको विषयसँग यो आदेश सम्बन्धित छ।

घरधनीका कानुन व्यवसायीका अनुसार दम्पतीले अदालतबाट ११ करोड ४० लाख रुपैयाँ क्षतिपूर्ति पाउने फैसला भएको थियो। काठमाडौं जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले समेत सदर गरिसकेको छ। अहिले उक्त फैसला कार्यान्वयनका लागि दम्पतीले प्रक्रिया अघि बढाइरहेका छन् भने सम्बन्धित कम्पनीले जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालयले गत सेप्टेम्बर २९ मा काठमाडौं जिल्ला अदालतलाई पठाएको पत्रमा हेलिकोप्टरको स्वामित्वमा रोक लगाइएको जानकारी गराएको थियो। कम्पनी रजिस्ट्रारको अभिलेखअनुसार कम्पनीको सेयर स्वामित्व लन्डनस्थित ‘निम्स दाइ लिमिटेड’को नाममा रहेको छ।

पुर्जाको निधनपछि उक्त हेलिकोप्टर बिक्रीका लागि राखिएको बताइएको छ। पुर्जाको गत अगस्ट १ मा पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>