देश/प्रदेश

सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

०
Banner

सिन्धुपाल्चोक ,कात्तिक १४ –

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ।

सामान्य विवादका क्रममा गत कात्तिक ११ गते अन्दाजी ६० वर्षीय शम्बर बहादुर तामाङले आफ्ना ६२ वर्षीय दाइ राना बहादुर तामाङलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते राना बहादुरलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि केएमसी अस्पताल, दुवाकोट पठाइएका उनको कात्तिक १४ गते दिउँसो ३:०५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

घटनामा संलग्न शम्बर बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>